सरकारमा जान हतार छैन, त्यतातिर हेरेका पनि छैनौँ - ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२५ दिन अगाडि
सरकारमा जान हतार छैन, त्यतातिर हेरेका पनि छैनौँ - ओली

 काठमाडाै‌ -एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी  शर्मा ओलीले एमाले सरकार परिवर्तन गर्ने खेलमा नलागेको बताएका छन्।

पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। आफ्नो पार्टी जोडजाड गरेर सरकार जोगाउने र परिवर्तन गर्ने खेलमा नलागेको भन्दै ओलीले एमाले ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने अभियानका साथ अगाडि बढेको प्रस्ट्याए। ‘हामीलाई सरकारमा जान हतारो नभएको मात्र होइन, हामीले सरकारतिर फर्केर हेरेका पनि छैनौँ, त्यतातिर सोचेका पनि छैनौँ। हामी ग्रासरुट अभियानमा लाग्यौँ, अब हामी मिसन ८४, मिसन फिप्टी वनपट्टि लागेका छौँ,’ ओलीले भने, ‘हामी सरकारको दैनिक किचलो, सरकार बनाउने, कसरी टिकाउने, यताको टेको, उताको टेको, यो खोज्यो, ऊ खोज्यो, कसलाई जेलबाट छुटाएर ४ भोट लियो, कसलाई के गरेर ४ भोट लियो, यता खेल्यो, उता खेल्यो। यसखालको कुनै परिणाम ननिस्कने खेलमा लाग्दैनौँ।’ ओलीले सरकार भ्रष्टाचारविरोधी कदमका नाममा स्टन्टबाजीतिर लागेको भन्दै त्यस्तो कदम उनीहरूतिरै फर्किँदै गएको टिप्पणी पनि गरे।