कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१६ दिन अगाडि
कर्णाली प्रदेश सरकारको बजेट बहुमतले पारित

काठमाडाै‍ - कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।

मंगलबार प्रदेशसभाको २५ औं बैठकबाट ध्वनी मतका साथ बजेट पारित भएको हो । प्रदेशसभमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । सत्ता गठबन्धनको २८ र विपक्षी एमाले र राप्रपासँग १० सांसद छन् । अर्थमन्त्री बेदराज सिंहले असार १ गते अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट ल्याएका थिए । चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ.१९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।