सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२५ दिन अगाडि
सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं - आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने नेपाली कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान नर्भिक अस्पतालमा निधन भएको छ