काठमाडाै -शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘बगान’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यूनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको हो । सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’ एकल महिलाको कथामा निर्माण भएको हो । फिल्ममा उनीसँगै करिश्मा मानन्धर, प्रमिला कार्की, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायतको अभिनय छ । सुरेश वाग्ले यस फिल्मका निर्माता हुन् । हलहरुले फिल्मको अग्रिम टिकट बूकिङ समेत खुला गरिसकेका छन् ।