तोलामा ८ सयले बढ्यो सुनको मूल्य

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१४ दिन अगाडि
तोलामा ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं - बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । आज छापावल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४० रुपैयाँ तोकिएको छ । हिजो छापावल एक लाख ११ हजार ६ सय, एक लाख ११ हजार ५० रुपैयाँमा तेजावी र १४ सय रुपैयाँमा चाँदीको खरिबिक्री भएको थियो ।