‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१३ दिन अगाडि
‘सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ’

 काठमाडाै‌ -राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन्। 

शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए। सरकारले स्वास्थ्य जोखिम करबापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरूमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताए ।   राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि दफावार छलफल सकिएको छ ।