खोलाले बगाएर एकको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१३ दिन अगाडि
खोलाले बगाएर एकको मृत्यु

 काठमाडा‌ै‌ -दैलेख सदरमुकाम दैलेख बजारबाट घरतर्फ जाँदै गरेका नौमूले गाउँपालिका– ८ चौराठाका लक्ष्मी रिमालको खोलाले बगाएर मृत्यु भएको छ ।

 बिहीबार साँझ नारायण नगरपालिका– ७ बिजौराबाट घर जाने क्रममा चिप्लिएर झिल्के खोलामा खसेको र खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घटना भएको जानकारी प्राप्त भएसँगै अस्थायी प्रहरी पोस्ट लोहोरेबाट खटिएको प्रहरीले खोजी गर्दा करिब आठ किलोमिटर तल शव फेला पारेको थियो । घटनाको थप अनुसन्धान गर्नुपर्ने माग आफन्तहरूले गरेका छन् । प्रहरीले थप अनुसन्धानको काम सुरु गरेको छ । नेपाली सेनामा भर्ती भएका छोरालाई पुर्‍याउन दैलेख बजार आएका र दैलेख बजारबाट फर्किँदा उक्त घटना भएको बताइएको छ । कसैले नियतवश उनलाई खोलामा धकेलेको हुन सक्ने परिवारले आशंका गरेका छन् ।