अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ -अर्थमन्त्री महत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१३ दिन अगाडि
अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको छ -अर्थमन्त्री महत

काठमाडाैै‌ -अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मकतातर्फ अगाडि बढेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान भइरहेको र सकारात्मकतातर्फ अगाडि बढेको बताएका हुन् । उनले  मूल्यवृद्धि पनि विगतको भन्दा घटेको बताए । उनले सरकारले करको दायरा फराकिलो पारेको भन्दै राजस्व बढ्नेमा विश्वास व्यक्त गरे। उनले राजस्व वृद्धि हुने प्रशस्त आधार देखिएको उल्लेख गरे ।    अर्थमन्त्री महतले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा अझै बढी बजेट विनियोजन गर्ने बताए ।