विपीन, धीरज र सुहाना स्टारर ‘एक भगवत् गीता’को टिजर रिलिज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२२ दिन अगाडि
विपीन, धीरज र सुहाना स्टारर ‘एक भगवत् गीता’को टिजर रिलिज

 काठमाडाै‍‌ -झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रवार विहान सार्वजनिक १ मिनेट ३२ सेकेन्ड अवधिको टिजरले दर्शकमा कौतूहलता पैदा गर्न सक्छ ।  टिजरमा अभिनेता विपीन कार्कीलाई कमलामाईको अवतारमा प्रस्तुत गरिएको छ । अभिनेत्री सुहाना थापाको भूमिका सस्पेन्स लाग्छ । अभिनेता धीरज मगरलाई टिजरमा एकदमै कम स्थान दिइएको छ । यो फिल्ममा जेभिस–जेविन श्रेष्ठ, कविर खड्का, संजोग रसाईली, अनुराग कुवँर, रामकैलाश ठाकुर लगायतको पनि अभिनय छ । ‘भगवत् गीता’को शीर्षक हेरफेर गर्दै निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गरेको हो । सुहाना इन्टरटेनमेन्ट र सुनीलकुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण गरिएको हो ।  सुहाना थापाको कन्सेप्ट, झरना थापाको कथा रहेको फिल्ममा झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुंगेलको पटकथा छ । परिच्छेद सेन र पुरुषोत्तम ढुंगोलले यसको संवाद तयार पारेका हुन् ।  निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको फिल्म भदौ २९ देखि प्रदर्शनमा आउनेछ ।