व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्छ - सभामुख घिमिरे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०२१ दिन अगाडि
व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्छ - सभामुख घिमिरे

 काठमाडाै‍ -सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका हुन् । उनले शिक्षाको ठीक ढंगले विकास गर्न नसकेको मुलुकले विश्वमा प्रगति गर्न नसकेका औँल्याए। राम्रो शैक्षिक जनशक्तिको विकास गर्न सक्ने मलुकहरूको मात्रै प्रगति सम्भव रहेको उल्लेख गर्दै सभामुख घिमिरेले शिक्षाको विकास सही ढंगबाट हुन नसकेकोप्रति प्रश्नहरू उठिरहेको बताए। उनले शिक्षाको विकासका लागि अतिरिक्त क्रियाकलापहरूले महत्वपूर्ण पाइलाको सुरुवात गर्ने बताए।