काठमाडौं – काठमाडौंको अनामनगरमा स्थित अक्सिडेन्टल पब्लिक स्कूलले यस वर्षको एसईईको नतिजामा पनि उत्कृष्टतालाई निरन्तरता दिन सफल भएको छ । हरेक वर्ष उत्कृष्ट नतिजाका साथ विद्यालयको शैक्षिक गुणस्तरीयतालाई कायम गर्दै आएको विद्यालयले यस वर्षको नतिजामा पनि उत्कृष्टता कायम गर्न सफल भएको हो।
विद्यालयमा यस वर्षको नतिजा अनुसार कुल १ सय ११ मध्ये ३९ जनाले ३.६–४ं.०, ४४ जनाले ३.२–३.६ यसैगरि २३ जनाले २.८–३.२ र ५ जनाले २.४–२.८ प्राप्त गरेका छन् । विद्यालय स्थापनापछि २२औंँ ब्याचसम्म आइपुग्दा यस प्रकारको उत्कृष्ट नतिजा प्राप्त गर्नुले विद्यालय परिवारसहित सिंगो शिक्षा क्षेत्रमा नै सकारात्मक सन्देश गएकाे र अबका वर्षहरुमा पनि गुणस्तरसहितकाे उत्कृष्ट नतिजाका लागि विद्यालय प्रतिवद्ध रहेकाे विद्यालयका निर्देशक डिबी निराैलाले बताउनु भयाे ।
निराैलाका अनुसार विशेष गरेर समाज सेवाको भाव सहित २०५० साल अर्थात (ई.सं.१९९३) सालमा स्थापना भएको काठमाडौंको अनामनगरमा स्थित अक्सिडेन्टल पब्लिक स्कूलले २०६० सालमा छात्र गौरी शंकर बस्नेतले सर्वोत्कृष्ट आठौं स्थान अर्थात ८९.३८ प्रतिशतको नतिजा हाँसिल गर्न सकेका थिए भने २०७० सालमा छात्रा दृष्टि गिरीले एसएलसी टप अर्थात् ९४.१३ प्रतिशत अंक हासिल गराउन विद्यालय सक्षम भएको थियो । जसको निरन्तरा पछिल्ला वर्षका नतिजामा पनि देखिने गरेको छ ।
शिक्षाको स्तर उन्नतिमा विशेष चासो राख्दै अघि बढ्ने क्रममा विद्यालयले महत्वपूर्ण उपलब्धि आर्जन गर्दै आएको छ । हन्य अतिरिक्त गतिविधि अर्थात सह–शैक्षिक क्रियाकलापमा समेत अग्र पङ्क्तिमा रहेका विद्यार्थीहरूले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा समेत उत्कृष्ट स्थान हासिल गरी विद्यालयको गरिमा बढाउँदै आएका छन् ।
राष्ट्रव्यापी, उपत्यकाव्यापी तथा जिल्ला स्तरीय साहित्यिक, सांस्कृतिक, हाजिरी जवाफ, खेलकुद आदि सह–क्रियाकलाप प्रतियोगिताहरूमा सहभागी विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरू पनि प्रसंशनीय रहने गरेको छ । विद्यालयले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा आध्यात्मिक विकासका लागि यसै वर्षदेखि विषय विशेषज्ञहरूको थप व्यवस्थासहित खेलकुद, सङ्गीत, नृत्य, वाद्यवादन, कम्प्युटर, श्रव्य–दृश्य र योगजस्ता प्रयोगात्मक कक्षाहरू र शैक्षिक भ्रमणको समेत व्यवस्था गरेको छ । यसले विद्यालय तहमा हुने पढाइको बोझलाई घटाएर विद्यार्थीको व्यवहारिक ज्ञानका पक्षमा पनि विशेष चासो देखाएको पुष्टि गरेको छ ।
विद्यालयमा सञ्चालित स्काउट ट्रुप अन्तर्गत रहेर स्काउट विद्यार्थी र शिक्षकहरू जापान, मलेसिया, बेलायत आदि देशमा सम्पन्न अन्तर्राष्ट्रिय विश्व ज्याम्वोरी स्काउट सम्मेलनमा समेत सहभागीताको अवसर पाउने गरेका छन् । यसले स्वदेशमात्र नभएर विदेशको वातावरण र त्यहाँको आर्थिक, सामाजिक तथा भौगोलिक विविधताको अवलोकन गर्दै गराउँदै विद्यार्थीको बौद्धिक ज्ञान विकासमा विद्यालयले विशेष भूमिका निर्वाह गर्दै आएको छ ।

विद्यालयको चौघेरा र पाठ्यपुस्तकको ज्ञान सँगसँगै समाज सेवाको भावना विकासका निम्ति यस विद्यालयले सामाजिक गतिविधिमा समेत संलग्न गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाको सहयोगमा इको क्लब सञ्चालन गरी विद्यार्थीहरूलाई वातावरणीय सरसफाइ, क्यान्सर विरोधी चेतना अभिवृद्धि तथा अन्य सामाजिक गतिविधिमा सहभागी गराउने गरेको छ । यतिमात्र नभएर एस.क्यू.सि. (S.Q.C) इलिक्जर क्लब, नेचर क्लब जस्ता क्लबहरू सञ्चालन गरी समाजका विभिन्न क्षेत्रमा सामाजिक तथा चेतनामूलक कार्यहरूमासमेत विद्यालयले विशेष योगदान पुर्याउँदै आएको छ । सम्बन्धित निकायको नीति बमोजिम गरिब, असहाय, दलित, अपाङ्ग तथा पिछडिएका विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ भने प्रत्येक कक्षाका जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति तथा विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको छ । यसले पनि विद्यालय भित्रको सिकाईको वातावरणलाई थप प्रभावकारी बनाइरहेको हुन्छ ।
विद्यार्थीहरूलाई बढी प्रतिस्पर्धी र चौतर्फी बौद्धिक विकास गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष ओपीएस खुला हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने गरेको छ । यसले विद्यार्थीीहरूलाई अतिरिक्त ज्ञान प्राप्तीमा सहयोग पुर्याउदै आएको छ भने, प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप छात्रवृत्तिको सुविधासमेत पाउने गरेकाे ओपिएस स्पोर्ट्स काउन्सिलका अध्यक्ष गाेपाल पाैड्यालले जानकारी दिनुभयाे ।
यसैगरि सामाजिक कामप्रति पनि विद्यार्थीहरूलाई जिम्मेवार बनाउन विद्यालयल उच्च शिक्षा आर्जन गरेका तथा विभिन्न क्षेत्रमा ख्याति प्राप्त स्वास्थ्य विशेज्ञहरूबाट विभिन्न समयमा स्वास्थ्य सम्बन्धी शिविर, योग त्यसैगरि नेपाल प्रहरीबाट ट्राफिक नियम लगायतका विषयमा पनि ब्यबाहरिक शिक्षासम्बन्धी कक्षाहरू पनि सञ्चालन गर्दै आएको छ । अर्कातर्फ विद्यालयले तहगत शिक्षा विकासलाई अझ सुदृढ बनाउँदै लैजाने योजना अनुरूप शिक्षक शिक्षिकाहरूलाई शैक्षिक वर्ष आरम्भ हुनु अघि विद्यालयमै तहगत तथा विषयगत तालिमको व्यवस्था हुँदै आएको छ भन शिक्षण तथा प्रयोगात्मक सिप अभिवृद्धिका निम्ति पूर्व प्राथमिक तहमा अध्यापनरत शिक्षिकाहरूलाई सी.पी.एस. प्रोग्राम गराइँदै बालबालिकाको सिप विकासमा महत्वपूर्ण योगदान पुर्याउनेतर्फ विशेष जोड दिँदै आएको छ ।