प्रधानमन्त्री प्रचण्डसँग कतारी राजदूतको शिष्टाचार भेटवार्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१७ दिन अगाडि
प्रधानमन्त्री प्रचण्डसँग कतारी राजदूतको शिष्टाचार भेटवार्ता

 काठमाडाै‌ -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।