नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर मैले बोलेको छैन - अध्यक्ष लामिछाने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१५ दिन अगाडि
नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर मैले बोलेको छैन -    अध्यक्ष लामिछाने

 काठमाडाै‌ -राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउन पर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् । 

 विराटनगर–११  पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको संख्या घटाउनु पर्छ भनेर संसद तथा पार्टीका अन्य कार्यक्रममा  पार्टीको  सांसद तथा नेताले समेत नबोलेको बताए ।  उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट छ भने।  अध्यक्ष लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरुबीच सहमति जरुरी रहेको बताए । उनले  आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मंसिरदेखि पार्टीको अधिवेशन कार्य सुरु हुने जानकारी दिए ।