तस्करीको ३५ क्विन्टल चिनीसहित दुईजना पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००० दिन अगाडि
तस्करीको ३५ क्विन्टल चिनीसहित दुईजना पक्राउ

काठमाडाै‍ -सशस्त्र प्रहरीले भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठुलो परिमाणको चिनीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गण मातहत रहेको बोर्डर आउट पोष्ट दोदाबाट खटिएको टोलीले शनिबार अवैध चिनी र सवारी साधनसहित ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको हो। गणका गणपति प्रेमबहादुर रावलका अनुसार भन्सार छली ल्याएको ३५ क्विन्टल चिनीसहित ओसारपसारमा प्रयोग भएको से १ च १२२९ नम्बरको बोलेरो पिकअप गाडी बरामद भएको छ। लालझाडी गाउँपालिका १ नौरङ्गा क्षेत्रबाट उक्त चिनी तस्करीमा संलग्न दुई जनालाई समेत पक्राउ गरिएको छ। सशस्त्र प्रहरी उपरीक्षक रावलका अनुसार कृष्णपुर नगरपालिका– ५ गुलरियाका लोकेन्द्र बोहरा (चालक) र लालझाडी गाउँपालिका १ बिनबारी बस्ने बिशाल बडायकलाई पक्राउ गरिएको हो ।