सत्ता नपाएपछि केही दलले सेनाजस्ता संस्थामा प्रहार गरे - एनपी साउद

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१४ दिन अगाडि
सत्ता नपाएपछि केही दलले सेनाजस्ता संस्थामा प्रहार गरे - एनपी साउद

काठमाडाै - परराष्ट्रमन्त्री एनपी साउदले विपक्षी दलहरूबाट नेपाली सेना, मुलुकको परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार भइराखेको बताएका छन्।

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले आइतबार सत्ता नपाएपछि विपक्षी दलहरूले सेना, परराष्ट्र नीति र विदेशी सम्बन्धमाथि प्रहार गरिरहेको बताएका हुन्। विपक्षमा रहेका दलहरू सत्ता नपाएपछि रन्थनिएजस्तो अवस्थामा देखिएका उनले टिप्पणी गरे। ‘आज आर्मीजस्ता संस्थामा केही पार्टीहरूले आक्रमण गरिराखेका छन्। आज मुलुकको असंलग्न परराष्ट्र नीति, विदेशी सम्बन्धमाथि प्रहार गर्ने काम भइराखेको छ,’ साउदले भने, ‘उनीहरू सत्ता नपाएर बौलाएजस्तो अवस्था अहिले देखिएको छ।’ 

साउदले सत्तासाझेदार दल कांग्रेस सही बाटोमा हिँडेको र सही बाटोमा हिँड्न आत्मविश्वास राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए। ‘नेपाली कांग्रेस ठीक बाटोमा छ। ठीक ट्रयाकमा छ,’ साउदले भने, ‘यो ठीक ट्रयाकमा जाने कुरामा आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ।’