शेखरलाई वरिष्ठ नेता बनाउन खेलकुद मन्त्रीकाे माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१४ दिन अगाडि
शेखरलाई वरिष्ठ नेता बनाउन खेलकुद मन्त्रीकाे माग

काठमाडौं - युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा डाकिएका लिम्बुले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् ।  मोरङका जिल्ला सभापति समेत रहेका लिम्बुले भने, ‘हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो , वरिष्ठ नेता प्राप्त गर्नुभयो , अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?’ यसअघि केन्द्रीय समिति बैठकमा नै केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए ।