'कार्साङ' बाट नेपाली फिल्ममा डेब्यू गर्दै छिरिङ शेर्पा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००३ दिन अगाडि
'कार्साङ' बाट नेपाली फिल्ममा डेब्यू गर्दै छिरिङ शेर्पा

 काठमाडाै‌ ‍-यम शेर्पाको निर्देशनमा बन्ने फिल्म 'कार्साङ' मा अभिनेत्री छिरिङ शेर्पा अनुबन्धित भएकी छन्। 

उनले यसै फिल्ममार्फत नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन्। यसअघि उनले शेर्पा समुदायमा बनाइएका फिल्म र थुप्रै म्युजिक भिडिओमा अभिनय गरेकी छन्। उनी टेलिभिजन रियालिटी शो 'डान्सिङ स्टार नेपाल सिजन २' को विजेता हुन्।उनले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत नाम राखेकी छन्। उनले ५६ सय मिटरको उचाईमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी हुन्।

यार्सा फिल्म्स ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन्।  पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रूपमा पनि जोडिएका छन्। फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ। शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मको छायांकन तिहारपछि गरिने बताइएको छ।  निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्।