कैलाली कारागारका एक जना कैदीको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००३ दिन अगाडि
कैलाली कारागारका एक जना कैदीको मृत्यु

काठमाडाै‍ - कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।

चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।