चिनियाँ नेता काठमाडौंमा विगतका सहमति कार्यान्वयनमा जोड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१३ दिन अगाडि
चिनियाँ नेता काठमाडौंमा विगतका सहमति कार्यान्वयनमा जोड

काठमाडाै-आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चोङछिङ नगरपालिकाका पार्टी सचिव युयान च्या जुनले राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

उनले इटालीको रोममा रहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका छन् । उनले आफू चार वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयन गर्ने प्रमुख उद्देश्य लिएर बताएका छन् । राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतलनिवासमा उनले शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा. सुरेश चालिसेले बताए ।राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको स्मरण गरे ।