काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् ।
प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज रोम, इटालीमा गैरआवासीय नेपाली संघ इटालीले आयोजना गरेको कार्यक्रममा उनले सुशासन र भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे। उनले वर्तमान सरकार गठन भएपछि बेथितिलाई नियन्त्रणमा ल्याउने, सेवा प्रवाहलाई सहज बनाउने र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने लक्ष्यका साथ महत्वपूर्ण कामको थालनी गरेको बताए। उनले सरकारको इस काममा सबैको सहयोग मिल्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराध अन्त्य गर्ने क्रम सुरु भएको बताए। यस अभियानकाे उद्देश्य राज्यको सम्पत्ति फिर्ता गर्नु हाे। ललिता निवास मात्रै होइन, यो प्रकरण देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको लक्ष्यसँग सम्बन्धित छ।“ उनले भने ।