अवैध रुपमा सुन आयात प्रकरण : गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा माग्दै‌ एमाले

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०११ दिन अगाडि
अवैध रुपमा सुन आयात प्रकरण : गृहमन्त्री र अर्थमन्त्रीकाे राजीनामा  माग्दै‌ एमाले

 काठमाडाैं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ ।

अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको नदेखिएको भन्दै एमालेले राजिनामा माग्ने तयारी गरेकाे हाे । 

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।