नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०११ दिन अगाडि
नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

काठमाडौं - नयाँ बानेश्वरमा लघुवित्तीय संस्था पीडितहरूले प्रदर्शन गरेका छन् ।

केही दिनदेखि काठमाडौंमा न्याय माग्न आएका उनीहरू आज संसद भवन घेराउ गर्न नयाँ बानेश्वर पुगेका हुन् । सुरक्षाकर्मीले नयाँ बानेश्वर चोक नपुग्दै रोकेपछि उनीहरूले त्यही प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ बढ्न थालेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।