‘मुन्द्रेको गाईजात्रा’ ल्याउने जितु नेपालको तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०१० दिन अगाडि
‘मुन्द्रेको गाईजात्रा’ ल्याउने जितु नेपालको तयारी

काठमाडौं -भदौ १४ गते गाईजात्रा पर्व मनाइँदैछ । हास्य कलाकार अहिल्यैदेखि गाईजात्राको तयारीमा कस्सिएका छन् ।

अभिनेता तथा कमेडियन जितु नेपालले गाईजात्रा आउन एक महिनाको समय बाँकी रहँदादेखि नै गाईजात्रा योजना सार्वजनिक गरेका छन् । ‘मुन्द्रेको गाईजात्रा’लाई घरमै बसेर दर्शकले निःशुल्क हेर्न पाउने उनले जानकारी दिएका छन् । फेसबुकमा यसबारे पोस्ट गर्दै उनले भदौ १० देखि १६ गतेसम्म आफूले सञ्चालन गर्ने गाईजात्रा रंगमञ्चमा नभएर ‘जितु कमेडी’ युट्युब च्यानलमा हेर्न सकिने उनको भनाइ छ । एक सातासम्म गाईजात्रा प्रस्तुति दिने जितुको तयारी छ । उनले यो गाईजात्रामा जोडिन दर्शक र विदेशस्थित नेपालीलाई आग्रह गर्दै कला, संस्कृति र परम्परालाई जोगाउने उद्देश्य रहेको उल्लेख गरेका छन् ।यसपटक मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धन, पुराना दलहरुको स्थिति, नयाँ दल, चुनाव ताका देखिएको परिवर्तन, जनताको चाहना लगायतका मुद्दालाई गाईजात्राको विषयवस्तु बनाउने जितुको योजना छ ।

 यसअघि तीते जिरे, मेरी बास्सै गाईजात्रा प्रज्ञा प्रतिष्ठानमा गरिएको स्मरण गर्दै उनले कोरोना र अन्य कारणले निरन्तरता दिन नसकिएको पनि बताएका छन् । अर्का हास्य कलाकार मनोज गजुरेलले पनि गाईजात्रा ल्याउने तयारी गरेका छन् । केही दिनमा यसबारे विस्तृत सार्वजनिक गर्ने गजुरेलको तयारी छ ।