चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००९ दिन अगाडि
चलचित्र ‘जुलेबी’को टिजर सार्वजनिक

 काठमाडाैै‍ -गणेशदेव पाण्डेको लेखन एवं निर्देशन रहेको चलचित्र ‘जुलेबी’ को टिजर सार्वजनिक गरिएको छ । 

 एक मिनेट दश सेकेन्ड लामो टिजरमा लभ र रोमान्सका दृश्यहरू समावेश छन् । भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने यो चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, मोनिका थापा, पुष्कर कार्की, तुफान थापा लगायतका कलाकारको अभिनय छ । आभा नेपालको निर्माण रहेको फिल्मलाई विवेक खड्काले छायाङ्कन र अन्जय खड्काले सम्पादन गरेका हुन् ।