वेस्ट इन्डिजमाथि भारतको जित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००९ दिन अगाडि
वेस्ट इन्डिजमाथि भारतको जित

काठमाडौं - एकदिवसीय सिरिजको पहिलो खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले हराएको छ । 

भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि इशान किशनले सर्वाधिक ५२ रन बनाए । शुभमन गिल ७, सुर्यकुमार यादव १९, हार्दिक पाण्डेया ५ रनमा आउट भए । रबिन्द जडेजा १६ र रोहित शर्मा १२ रनमा नटआउट रहे । सार्दुल ठाकुर एक रनमा पेविलियन फर्किए ।

सुरुआतमा ब्याटिङ गरेको वेस्ट इन्डिज १ सय १४ रनमा अलआउट भयो । कुलदिप यादवले ४ विकेट लिएपछि वेस्ट इन्डिजको इनिङ्स चल्न सकेन । साइ होपले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । वेस्ट इन्डिजका ७ ब्याट्म्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।भारतका कुलदिपले ४ विकेट लिएको खेलमा रबिन्द जडेजाले ३ विकेट हात पारे । हार्दिक पाण्डेया, मुकेश कुमार, सार्दुल ठाकुले समान एक विकेट लिए ।  भारतले तीन म्याचको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि वेस्ट इन्डिजविरुद्ध भएको दुई म्याचको टेष्ट सिरिज भारतले १–० ले जितेको थियो ।