नेपाल प्रहरीद्वार ८ हजार ८९६ थान हतियार नष्ट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९९ दिन अगाडि
नेपाल प्रहरीद्वार ८ हजार ८९६ थान हतियार नष्ट

काठमाडाै‌ - नेपाल प्रहरीले देशभरीबाट बरामद गरिएका लगभग नौ हजार हतियार नष्ट गरेको छ।

प्रहरीले विभिन्न व्यक्तिहरुबाट जफत गरिएका तथा बेवारिसे भेटिएका ८ हजार ८९६ हतियार नष्ट गरेको छ। प्रहरीले जलाएर नष्ट गरिएका हतियारहरूमा १७७ थान बाह्रबोर बन्दुक, ६ हजार ७४ थान भरुवा बन्दुक, १ हजार ७६ थान विभिन्न प्रकारका पेस्तोल, २३२ थान म्याग्नम, २९ थान एअर गन, २९ थान सर्टगन, ६२६ थान थ्री नट थ्री राइफल, ३३४ थान रिभल्बर, १० थान ग्यास गन, २५ थान हर्नेट र नाम नखुलेको ८४ थान बन्दुक रहेको जनाएको छ । हतियारहरु नेपाल प्रहरी, गृह मन्त्रालय, काठमाडौं जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्षको रोहबरमा कपनमा जलाएर नष्ट गरिएकाे हाे । नेपाल प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयले बनाएको प्राविधिक टोलीले बरामद भएका हतियारहरुको व्यवस्थापनका लागि दिएको सिफारिस अनुसार हतियार नष्ट  गरिएको हाे।