प्रतिनिधिसभामा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थाल्याे - वामदेव गौतम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००९ दिन अगाडि
प्रतिनिधिसभामा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थाल्याे -  वामदेव गौतम

काठमाडाै‌ -  राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभामा असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताए।

राष्ट्रिय सभा सदस्य गौतमले शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो बताए। उनले नेपालको संसद पहिलादेखिनेे विवादित र खराब तरिकाले चल्ने गरेको भएपनि अहिले संसारका कुनैपनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए। सांसद गौतमले सांसदहरुले संसदको नियमावलीको उल्लंघन गरी जथाभावि रुपमा उठेर बोल्ने गरेको बताए छन् । उनले एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरेकाे बताए। उनले पुरानो संसद परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएर नयाँ संसद बनाएको भन्दै पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भएको  बताए। उनले राष्ट्रिय सभा पनि अब प्रतिनिधि सभाजस्तै बनेको बताए। सांसद गौतमले संसद अवरोध गर्ने विषय नियमावलीमा समेत नभएको बताउँदै कुनैपनि पार्टीले सांसदहरुलाई लगाएर संसद चलाउन नपाउने बताए।