मुग्लिन-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००८ दिन अगाडि
मुग्लिन-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

काठमाडाै‌ - पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-७ काे कालिखोला नजिक बिहान ७ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । चितवन जिला प्रहरी कार्यालयका डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर दुईतर्फी सडक बन्द भएको जानकारी दिए । यो सडक बर्खा लागेपछि पहिरोले पटकपटक अवरुद्ध हुँदै आएको छ। गए राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो। बिहान केही समय सञ्चालन भए पनि पुन: अवरुद्ध भएको छ ।