गौर हत्याकाण्डको छानबिनको माग गर्दै चन्द्रनिगाहपुरमा धर्ना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००८ दिन अगाडि
गौर हत्याकाण्डको छानबिनको माग गर्दै चन्द्रनिगाहपुरमा धर्ना

काठमाडाै‍ -गौर हत्याकाण्डको छानविन गर्न माग गर्दै पीडित परिवारले शनिबारबाट धर्ना थालेका छन्।

गौर हत्याकाण्ड पीडित संघर्स समितिको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा उनीहरुले धर्ना दिएका हुन्। आम जनता पार्टीको सहयोगमा धर्ना कार्यक्रम सुरु गरिएको सो पार्टीका वरिष्ठ उपाध्यक्ष बद्री न्यौपानेले बताए। यसअघि आम जनता पार्टीले उठाएको मागविरुद्ध ६ राजनीतिक पार्टीको सर्वदलीय/सर्वपक्षीय संघर्ष समिति बनेको थियो। माओवादी केन्द्रले भने आफू सो समितिमा नरहेको विज्ञप्तीमार्फत जानकारी गराएको छ। नेकपा (माओवादी केन्द्र) का रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर)ले शुक्रवार विज्ञप्ती जारी गर्दै गौर हत्याकाण्डको विषयलाई लिएर ६ दलीय संघर्ष समितिको नाममा भइरहेका धर्ना, जुलुश, प्रदर्शन, विज्ञप्ती र ज्ञापनपत्रको दोहोरीमा माओवादीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका थिए। आम जनता पार्टीले गौर हत्याकाण्डपीडित संघर्स समितिको व्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ। सो समितिको व्यानरमा आइतबारबाट आम जनता पार्टीले जिल्लामा मोटरसाइकल ¥याली तथा जिल्ला बन्दको आह्वान गरेको छ।