काठमाडाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अवरुद्ध संसद खुलाउने लगायतका विषयमा छलफल भएकाे थियाे।अध्यक्ष ओलीलाई प्रधानमन्त्री दाहालले बोलाएपछि उनी बालुवाटार गएकाे, ओलीको सचिवालयले बताएको छ। क्विन्टल सुन तस्करी मामिलामा एमालेले संसद बैठक अवरुद्ध पार्दै आएको छ। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अबरुद्ध संसद खुलाउने सहित वर्तमान राजनीतिक विषयमा छलफल भइरहेको छ।