काठमाडाै - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करीसम्बन्धी गहन छानबिन नभए अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् ।
बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आयोजित पत्रकार भेटघाटमा पौडेलले सुन तस्करी मामिलामा भरियालाई देखाएर उम्किन नमिल्ने बताए । उन्ले गहिराइमा गएर जाँच हुनुपर्ने बताए । सुन प्रकरण एक गंभीर मुद्दा हाे; गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?’ पौडेलले भने, "भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ।"’ भ्रष्टाचारविरुद्ध पार्टी आक्रामक ढंगले आवाज उठाएनन् भने जनताले साथ नदिने उनको भनाइ छ ।