एक क्वीन्टल सुन प्रकरण : ठमेलको होटल भियनाका सञ्चालक पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९७ दिन अगाडि
एक क्वीन्टल सुन प्रकरण : ठमेलको होटल भियनाका सञ्चालक पक्राउ

 काठमाडाै‌-राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाबाट एक जनालाई पक्राउ गरेको छ। 

विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको स्रोतले बतायो। उक्त होटल उनकी श्रीमतीको नाममा छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन्। 

योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ। विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ ।  ‘कागजात, कम्प्युटर, सिसिटिभी फुटेजहरू ल्याएका छौं,’ स्रोतले  भन्यो।  विभागले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। केही समय अघि काठमाडौंमा कल सेन्टर सञ्चालन गरी ठगी धन्दा चलाउनेमा पनि उनको नाम जोडिएको थियो। तर उनी पक्राउ परेका थिएनन्।