सारुकको निधनपछि बिरामी परेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९७ दिन अगाडि
सारुकको निधनपछि बिरामी परेका कलाकार सानु ताम्राकार अस्पताल भर्ना

काठमाडौँ -कलाकार सानु ताम्राकार अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको हो । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । ‘सानु दाइ बोल्न, चल्न केही गर्न सक्नुहुन्न’ निरौलाले भने, ‘चिकित्सकले उहाँको उपचार गरिरहेका छन् । भेटघाट पनि बन्द गरिएको छ ।’ ताम्राकार स्वर्गीय अभिनेता सारुकका पिता हुन् । सारुकको निधनपछि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । शनिवार स्वास्थ्यमा झन् जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।अभिनेता सारुकले गत महिनामा आफ्नै घरमा आत्महत्या गरेका थिए । सारुकको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । पछिल्लो समय सारुक फिल्म ‘ह्यासट्याक माया’ को सुटिङमा व्यस्त थिए ।