काठमाडौं महानगरले केन्द्रीय कार्यालय भत्काउने घोषणा भएपछि राप्रपा कार्यकर्ताले सडकमै गाडी तेर्साए 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६० दिन अगाडि
काठमाडौं महानगरले केन्द्रीय कार्यालय भत्काउने घोषणा भएपछि राप्रपा कार्यकर्ताले सडकमै गाडी तेर्साए 

काठमाडौं - काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराही केन्द्रीय कार्यालयमा डोजर चलाउने  भएको छ। 

गत शुक्रबार महानगरले राप्रपालाई कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै हटाउन समय दिएको थियो। यद्यपि, राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने योजना बनाएको छ। महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन्। राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन्।