एमालेद्वारा आजपनि प्रतिनिधि सभाको बैठक अवरुद्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१४ दिन अगाडि
एमालेद्वारा आजपनि प्रतिनिधि सभाको बैठक अवरुद्ध

काठमाडाै‌ - प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजपनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ । 

एमाले सुन तस्करी मामिलामा उच्चस्तरीय छानबिन आयोगको गठन र सरकारको यथार्थ जवाफ चाहन्छ भन्दै माग राखेकाे छ। गत बुधबार पनि यी मागहरु  राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो ।  प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । सभामुख देवराज घिमिरेले आजको बैठकमा एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने तथा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभारको विवरण पढेर सुनाउने रहेको छ।

 यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरोध खुलाउने बिषयमा आज सोमबार बिहान प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो । त्यसैगरी प्रधानमन्त्रीले संसद अवरोध हटाउन विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।