बल्छी ध्रुवे र राजु मास्टरको सहकार्यमा दरार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००५ दिन अगाडि
बल्छी ध्रुवे र राजु मास्टरको सहकार्यमा दरार

काठमाडौं - हास्य कलाकार राजु पौडेल उर्फ राजु मास्टरले ‘लफडा’ नामक टिभी श्रृंखलाकाे ट्रेलर सार्वजनिक गरेका छन्।

श्रृंखला भदौदेखि प्रसारण हुने बताइएको छ जसमा उनका हितैषी मरिचमान श्रेष्ठ उर्फ बल्छी ध्रुवे शामिल सहभागी छैनन् । बल्छी ध्रुवे विनै राजु मास्टरले नयाँ श्रृंखला घोषणा गरेपछि यी दुईको व्यावसायिक सहकार्यमा ‘दरार’ आएको हल्ला चलेको छ। यो हल्लाको बीचमा झनै राजु मास्टरले नयाँ सिरियल घोषणा गरेपछि त उक्त हल्ला बलियो बनेको छ।

वान-एक्स बेट प्रकरणमा छुटकारा पाएपछि बल्छी ध्रुवेले टीवी शो "हल्का रमाइलो" एक्लै बनाए जसमा राजु मास्टरको सहभागिता छैन।  बल्छीले एक्लै अभिनय र निर्देशन गरेपछि सहकार्यमा विवाद हुने चर्चा सामाजिक सञ्जालमा चल्न थाल्यो। राजु मास्टरले आइतबार बेलुका फेसबुकमा स्टाटस लेख्दा लफडा र जुठे आउने बताए पनि हल्का रमाइलोबारे केही उल्लेख गरेका छैनन् ।

बल्छी ध्रुवे यस चर्चा यथार्थ नभएको बताउँछन् । ‘यी सबै हल्ला हुन् । सहकार्य तोडिएको छैन । “भ्याली बाहिर जानुपर्ने भएकाले जुठे आउन केही ढिलाइ मात्र भएको हो, अलग भएको भन्ने कुरामा सत्यता छैन,” बल्छीले भने’