सिरहामा एक युवाकाे शवफेला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९१ दिन अगाडि
 सिरहामा एक युवाकाे शवफेला

काठमाडाै‌ - सिरहामा एक युवाकाे शवफेला परेको छ।

सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम किनारमा रहेको बाँस घारीमा लगभग ३० देखि ३५ वर्षको एक युवकको शव फेला परेको छ । उनको पहिचान छैन।
प्रहरीको अनुमानमा  युवकको हत्या भएको हुन सक्ने रहेकाे छ। सिरहा प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको  बताएका छन् ।   स्थानीयले आज बिहान ७ बजे शव देखेपछि  प्रहरीलाई खबर गरेका थिए। डीएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए