काठमाडाै - निर्माण व्यवसायीहरुले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेला भइ डोजर सहित निर्माण सामग्री सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले निर्माण उद्योगका समस्याहरुलाई चाँडो हल गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई तत्काल काममा फर्काउने वातावरण बनाउनुपर्ने बताए। उनले नेपाल सरकारले ४ खर्बभन्दा बढी बजेटको सुनिश्चितता गरेका योजनाहरुको समय थप गर्न लागेको बताउँदै उनले भुक्तानीको व्यवस्थापन गर्न नसक्दा योजना खारेज गर्नुपर्ने माग राखे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीहरुलाई काममा फर्काउनका लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्नेमा जोड दिए।उनीहरुले सम्झौता गरिएका माग पूरा नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट समय थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।