सभामुखको राजीनामापछि बहुमत पुर्याएर मुख्यमन्त्रीमा उद्धव थापाद्वारा पुन: दाबी पेस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००५ दिन अगाडि
सभामुखको राजीनामापछि बहुमत पुर्याएर  मुख्यमन्त्रीमा उद्धव थापाद्वारा पुन: दाबी पेस

मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै पदमूक्त भएका काँग्रेस नेता उद्धव थापाले पुनः प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेका छन् ।  

सभामुख बाबुराम गौतमलाई राजीनामा गराउन सफल देखिएका थापाले काँग्रेसका २९, माओवादी केन्द्रको १३, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद सहित दाबी प्रस्तुत गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए । सोही आव्हान अनुसार थापाले दाबी पेस गरेका हुन् ।