कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९१ दिन अगाडि
कालीगण्डकीमा हाम्फालेका पुरुष बेपत्ता

काठमाडौँ - स्याङ्जा र गुल्मी जोड्ने मोटरेवल पुलबाट ५८ वर्षीय टोलीपाल राना कालीगण्डकीमा हाम्फालेका छन् । 

साँझ हाम्फालेका टोलीपालको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् ।बेपत्ता टोलीपालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए ।