नारायणी नदीमा हाम फालेकी एक महिलाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९९३ दिन अगाडि
नारायणी नदीमा हाम फालेकी एक महिलाको  मृत्यु

काठमाडाै‌ - चितवनको नारायणी नदीमा हाम फालेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

चितवन मेडिकल कलेजमा उपचारको क्रममा नारायणी पुलबाट नदीमा हाम फालेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए । उनका अनुसार अन्दाजी ४५ वर्षीय महिला नदीमा हम्फालेको र प्रहरीले अचेत अवस्थामा उद्धार गरेको थियो । उद्धार लगत्तै उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले महिलालाई मृत घोषणा गरेका थिए । बिहान ८ः३६ बजे महिलाकाे अस्पतालमा मृत्यु भएको उनले बताए । ती महिला बिहीबार बिहान ७ः४० बजे भरतपुर महानगरपालिका ३ स्थित नारायणी पुलबाट नदीमा हाम फालेकी थिइन्। प्रहरी उपरीक्षक कार्कीका अनुसार, महिला हाम फालेको देखेर वडा प्रहरी कार्यालय नारायणगढ र नदी किनारमा तैनाथ विपद् व्यवस्थापन टोलीले उद्धार गरी अस्पताल पुर्याएको र १५ मिनेटमै महिलाको मृत्यु भएको थियो । मृत महिलाको नाम थर अहिलेसम्म खुलेका छैनन्।