‘ठगी कार्य तुरुन्त बन्द गर, होइन भने कानुनी बाटो रोज्न वाध्य हुनेछु ’ - शिव परियार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००२ दिन अगाडि
‘ठगी कार्य  तुरुन्त बन्द गर, होइन भने कानुनी बाटो रोज्न वाध्य हुनेछु ’ - शिव परियार

काठमा‌‌‌डाै‌ - गायक शिव परियारले आफ्ना पुरानो भिडियो प्रयोग गर्दै आफूसँग सम्बन्धित काम चलाइएको बताउँदै आफ्ना शुभचिन्तकहरुलाई ठगहरुदेखि सावधान रहन आग्रह गरेका छन्।

पछिल्लो समय सेलिब्रिटीहरुका पुराना भिडियोहरु प्रयोग गरेर विभिन्न खालको खेल खेलाउँदै पैसाको लोभ देखाउने गरिएको छ। शिवले लेखेका छन्–‘ठगहरु हो कार्य तुरुन्त बन्द गर । मेरो नाम फेक अकाउन्ट खोलेर, मेरै पुरानो लाइभ भिडियो ब्लिन्ड गरेर मसँग सम्बन्धित नभएको कार्य चलाइएको छ । यसमा मेरो पुरानो लाइभ भिडियो प्रयोग गरेको कुरामा घोर बिरोध र भत्र्सना गर्दछु । ठगहरुको यो कार्य तुरुन्त बन्द गर, होइन भने कानुनी बाटो रोज्न वाध्य हुनेछु ।’ शिवले फेरि पनि यस्तै लाइभ भिडियोहरु देखिएको खण्डमा यस्ता अकाउन्ट बन्द गर्नका लागि रिपोर्ट गर्न सबैलाई आग्रह समेत गरेका छन् । साथै, शिवले फेक अकाउन्ट देखि बच्न सबैलाई सचेत पनि गराएका छन् ।