काठमाडाै - नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको बताएका छन्।
महासचिव पोखरेलले फेसबुकमा स्टाटस लेख्दै नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यसबारे गम्भीर बन्नुपर्ने बताएका छन्। चितवनमा बुधबार रास्वपा सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा महिलाका लागि नि:शुल्क बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न उठाए। सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने उनको भनाइ छ। नयाँ र वैकल्पिक शक्ति बनाउन चाहनेहरूको काममा रूपान्तरणकारी विचार र योजना देखिनु पर्दछ। “हरेक कामले भविष्यको सुन्दर चित्र दिनुपर्छ,” उनले भने, “तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो।”’