सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता हुन सक्ने - डा. शेखर कोइराला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२११ दिन अगाडि
सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता हुन सक्ने - डा. शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले राजस्व अनुसन्धान विभागमात्र संलग्न गराएर सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका पैदा गरेको बताए। प्रधानमन्त्री प्रचण्डका स्वकीय नवराज ढुंगानालाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करीसम्बन्धी अनुसन्धानमा सीआईबी (नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो) को शामिल नगराउनुले आशंका उत्पन्न भएको बताए। उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराएर राजस्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण पत्रकारहरूले खोज्नुपर्ने बताए । उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी गरे । कोइरालाले भुटानी शरणार्थी र ललिता निवासको जग्गा हिनामिना प्रकरण अहिले सुन काण्डपछि सेलाएको बताए। नेता कोइरालाले सुन काण्डमा वरिष्ठ नेताहरूको संलग्नता रहेको आशंका व्यक्त  गर्दै घटनालाइ सामसुम बनाउने प्रयास भइरहेको बताए । देशमा अराजकता र दण्डहीनता बढेको उनले बताए।