एमालेद्वारा राष्ट्रिय सभामा पनि अवरोध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१० दिन अगाडि
एमालेद्वारा राष्ट्रिय सभामा पनि अवरोध

काठमाडाै‌ - नेकपा एमालेले सुन तस्करीको विषयलाई लिएर राष्ट्रिय सभामा पनि अवरोध गरेको छ।

एमालेको अवरोधपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।एमाले सांसद भैरब सुन्दर श्रेष्ठले बैठक शुरू भए लगत्तै सरकार गम्भीर नभएको आरोप लगाए। यसअघि, एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो।
एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक साउन २२ गते सोमबार १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।