काठमाडाै - प्रधानन्यायाधीश पदमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।
परिषदका एक सदस्यले बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेकाे बताए ।प्रधान न्यायाधीश हरिकृष्ण कार्की २० साउनदेखि उमेर हदका कारण अनिवार्य अवकाश हुँदैछन् । अब परिषदको सचिवालयले श्रेष्ठको नाम संसदीय सुनुवाइ विशेष समितिमा पठाउनेछ। समितिबाट नाम अनुमोदन भएमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीश बन्नेछन् ।