'जोगिन्दर’को गाईजात्रा’ कोसेली 'लुछाचुँडी’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००२ दिन अगाडि
'जोगिन्दर’को गाईजात्रा’ कोसेली 'लुछाचुँडी’

काठमाडाै‌ -  लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल 'जोगिन्दर’ले आउदो गाइजात्रालाई लक्षित गर्दै गाइजात्रे कमेडी कोसेली 'लुछाचुँडी’ ल्याएका छन् ।

दर्शक तथा श्रोतालाई हास्यब्याब्ग्यको माध्यमबाट बिशुद्ध मनोरञ्जन दिने उदेश्यले उनले 'लुछाचुँडी’ सार्वजनिक गरेका हुन्। ओएसआरको युट्युव च्यानल मार्फत सार्वजनिक 'लुछाचुँडी’मा देशमा सबैको चासो र चिन्ताको बिषय रहेको भष्टाचारको निकै मार्मिक तरिकाले चिरफार गरिएको छ। अखण्डा भारत भित्र नेपालको भु–भाग राखिएको बिषय पनि उनको यो पटकको गाइजात्रामा परेको छ । भारतको चेपा र हेपा प्रबृती प्रति समेत उनले ब्याब्ग्य प्रहार गर्न भ्याएका छन् ।
यस्तै गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत उनले ब्याब्ग्यमा समेटेका छन् । यो निर्वाचनमा ठुलाठुला नेता हारेको बिषय प्रति उनले ब्याब्ग्य प्रहार गरेका छन् । उनले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडेको छैनन् । बिगतका बर्षहरु जस्तै यो पटक उनले आफ्नो 'गाइजात्रे’ कोसेलीमा प्यारोडी पनि राखेका छन् । यो पटक उनले फिल्म 'घामट शेरे’ को चर्चित गीत "कहिले साली मनपर्यो" लाई "कहिले देउवा मनपर्यो, कहिले ओली मनपर्यो" भन्दै प्यारोडी बनाएका छन् । गीतमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर सम्मलाई झटारो हानेका छन् ।

दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको 'लुछाचुँडी’ २१ औं कोसेली हो । गतबर्ष उनले 'गठबन्धन’ नामक गाइजात्रे कोसेली सार्वजनिक गरेका थिए । सबैतिर लकडाउन भएको कोरोनाको समयमा पनि उनले 'लकडान’ नामक ब्याब्ग्य कोसेली ल्याउदै सबैको मन जितेका थिए । यो पटक कलाकार जोगिन्दरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन् । गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन् । 'लुछाचुँडी’मा जोगिन्दरको अलवा 'घनश्याम गौतम 'नक्कली प्रचण्ड’, सुरेश तिमिल्सेना 'नक्कल ओली’, गोपाल नेपाल 'नक्कली देउवा’ बनेका छन् । राधिका हमाल, साबित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेब गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्की लगायको समेत यसमा अभिनय छ । प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन् ।भिडियोको छायांकन रोयल थाइहस्पिटालीटी ठिमी र   सिंगल ट्रि स्वंयम्बुमा गरिएको छ ।  'लुछाचुँडी’ को लेखन, प्रस्तुति र निर्देशन शिवशंकर रिजाल 'जोगिन्दर’ आफैले गरेका हुन् । पोष्ट प्रोडक्सन कोचे मिडियामा भएको छ ।  

गाइजात्रा हास्य कलाकारका लागि एउटा महान उत्सव भएकोले सधै झै यो बर्षपछि गाइजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । 'सधै झै यो बर्षपनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ’, रिजालले भने । 'राम्रो लागेमा प्रसंसा र नराम्रो लागेमा सुझाव दिनुहोला ।’ बिसं २०६१ सालदेखि हरेक वर्ष निरन्तर रुपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्याब्ग्य कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नैमान्दछन् । अहिले आएको आफ्नो गाइजात्रे कोसेली समसामाहिक बिषय र राजनीतिक बिकृति प्रतिको खरो झटारो  भएको उनको धारणा छ । शिवशंकर अहिले 'गाइजात्रा टुर’को पनि तयारीमा छन् । चितवनदेखि कन्चनपुरस्म्म हुने 'गाइजात्रा टुर’ बिभिन्न चर्चित हास्य कलाकारको सहभागतिा रहनेछ जागिन्दरले बताए ।