काठमाडाै - नेपाल निर्माण व्यवसायीहरूले सरकारले उनिहरुकाे माग पुरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।
उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा धर्ना दिएका थिए । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारको गल्ती सच्याएर देशको विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए। उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए । नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले कार्यक्रममा बोल्दै रक्षा मन्त्रालय ठेक्कापट्टामा लागेको बताउँदै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त राख्ने हो कि ठेक्कापट्टामा लाग्ने हो? भन्दै प्रश्न गरे। उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे सांसद पद त्याग्ने घोषणा गरे। उनले निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने बताए ।
विरोध कार्यक्रममा बोल्दै महासङ्घका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको आरोप लगाए । निर्माण व्यवसायीहरूले सरकारी काम गरेकाले कामको भुक्तानी सबैभन्दा पहिले गर्नुपर्ने बताए। विरोध कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले सरकारसँग निर्माण व्यवसायीहरूलाई सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गरे।उनले निर्माण व्यवसायीहरूले भोग्नुपरेको पीडा सबैको पीडा भएकाले निर्माण व्यवसाय लाई अघि बढाउन माग गरेको बताए । उनले सरकारले आफ्ना मागहरूको अन्देखा गरिएको आरोप लगाउँदै सरकारले माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने चेतावनी दिए ।