पद पाएमा नेतृत्वको पूजा गर्ने र नपाएमा सत्तोसराप गर्ने - रञ्जित तामाङ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००२ दिन अगाडि
पद पाएमा नेतृत्वको पूजा गर्ने र नपाएमा सत्तोसराप गर्ने - रञ्जित तामाङ

काठमाडाै‌ - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले ठूलो केन्द्रीय समिति बनाउँदैमा पार्टीको आकार ठूलो नहुने भन्दै त्यसलाई कम गर्न सुझाव दिएका छन्।

प्रज्ञा भवन कमलादीमा चलिरहेको पार्टीको चौथो केन्द्रीय कमिटी बैठकमा, तामाङले भद्दा कमिटीका कारण पार्टी कमजोर हुने बताए र भइरहेकै केन्द्रीय सदस्यहरू हसबहादुर र छापबहादुर रहेका बेला अन्य सदस्य थप्दा स्थिति झन् भद्रगोल हुने बताए। तामाङले पद पाएमा नेतृत्वको पूजा गर्ने र नपाएमा सत्तोसराप गर्ने प्रवृत्ति बढेको बताए।उनले नेतृत्वलाई आधारभूत तहदेखि विशेष महाधिवेशनसम्मको संगठनात्मक योजना बनाउन सुझाव दिए, साथै सबैका कमजोरीको समीक्षा पनि गरे। “हाम्रो पार्टी आदर्श र मूल्यमान्यताविहीन हुँदै गइरहेको छ,” उनले “हाम्रो पार्टी डाइनामिक बनाउने कि डाइनोसर बनाउने त्यो अवस्थामा आइपुगेको छ” भने । नेता तामाङले भने, “जनयुद्धकालीन गीत गाएर, त्यही समयको चिन्तन चरित्र र कार्यशैलीले समाजवादको सेवा गर्दैन।” त्यसका लागि समाजवादी विचारधारा, कार्यशैली, गुण र चरित्र बोकेको पार्टी पंक्ति चाहिन्छ।’