काठमाडाै - त्रिभुवन विश्वविद्यालय (त्रिवि) काे प्राध्यापकहरूले विद्युत हाजिरी मेसिन राख्न नदिएको खुलासा भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाका अनुसार प्राध्यापकहरूले आफूले बनाएको विद्युतीय हाजिरी मेसिन बोकेर हिँडेकाे बताएका छन् प्राध्यापकहरूले पढाउँदै नपढाइ तलब बुझ्ने गरेकाे बताए।'हाम्रा शिक्षक पनि यस्ता भएकी २२ गते पुगेपछि एकाउन्टेन हाजिर गर्न आउनुस् भन्ने चलन',उपकुलपति बास्कोटा भने, 'आएर हाजिर गर्यो, तलब बुझ्ने चलन,अनि यसलाई निरुत्साहित गर्न डिजिटल हाजिरी राखिदिएको शिक्षकहरूले बोकेर हिँडिदिए ।'
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको शुक्रबारको बैठकमा बास्कोटाले प्रहरीले समेत विद्युतीय हाजिरी मेसिन बोकेर हिँड्नेहरूलाई कारबाही गर्न दिएको निवेदन बुझ्न नमानेको बताए। उपकुलपति बास्कोटाले संगठनको आवरणमा केही व्यक्तिहरूले काठमाडौंको एक होटलमा आयोजित एक बैठकको माइन्युट लुटेर लगेको र तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त्यसबारे जानकारी पाएकोमा पनि असन्तुष्टि व्यक्त गरे । विश्वविद्यालय राजनीतिक भागवण्डाको थलो भएकाले यसको सुधारका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बास्कोटाले पटकपटक दोहोर्याए ।
’